Skip to content

सिन्दुर भर्ने बेलामा निष्ठूरीले छाडी गई!!!

June 11, 2012

 उनको बाल्यकाल दुःख र अभावैअभाव बिच बित्यो । न उनले आमाको न्यानो काख पाए न त आफन्तको साथ र सहयोग नै । उनको यस दुनियामा आफ्नो भन्ने कोहि थिएन । उनी नितान्त अनाथ र असाहय थिए सिन्दुर भर्ने बेलामा निष्ठूरीले छाडी गई । तीनै साहारा विहिन अनाथ बालक आज वहु प्रतिभाशाली व्यक्तीत्वमा दरिन पुगेका छन् । उनै प्रतिभाका धनी व्यक्तित्व हुन्ः गीतकाररसंगीतकार तथा व्यवसायी राजु खड्का । झलक्क सुन्दा कुनै फिल्मि कथाझै लाग्ने कारुणीक अवस्था राजु स्वयमले भोगेका छन् । काठमाण्डौंको हाँडीगाउँमा ३२ वर्ष पहिले जन्मेका उनलाई सानै उमेरमा जन्मदिने बाबुआमाले नै अनाथ बनाइदिए । “खै किन पो हो ?” उनले भने ‘आर्थीक अल्झलनले होला, स्वार्थी सहरको अनकन्टार गल्लीमा सुटुक्क छाडेर गए ।’ व्यस्त सहरको एउटा शून्य चेत भएको बालकको के नै सपना बाँकी रहयो र ? उनी यताउता भौतारिन थाले सायद । राजुलाई यसको हेक्का छैन । उनी भन्छन्,–‘तारा सादुको होटलमा भाँडा माझेको याद छ ।’ त्यतिवेला उनी मात्र ६÷७ वर्षका थिए । सहरको कुनै गल्लीमा रुमल्ली रहेका उनलाई तारा साहुले आफ्नो होटेलमा ल्याएर राखेका थिए । विस्तारै राजु सम्झनाका तस्वीरहरु खोतल्न थाल्छन् । तारा साहुकोमा २÷३ वर्ष काम गरेपछि उनलाई त्यहाँ काम गर्ने जाँगर चलेन । राजु थप्छन्, ‘भागेँ’ । त्यतिवेला ९÷१० वर्ष भइसकेका राजु केही बुझ्ने भइसकेका थिए । तापनि उनको खानेबस्ने ठेगाना थिएन । ‘सुत्नलाई त सडकका पेटी र पाटीहरु प्रसस्तै थिए’, उनले गम्भिर हुदै भने, ‘खानाको जोहोको लागि साँझ बिहान प्लाष्टिक बटुल्ने काम गर्थे ।’ फोहारमा टिपेर जम्मा गरेको प्लाष्टिकाई राजुले कालिमाटी लगेर बेचि छाक टार्ने गर्थे । पुराना दिनको कुरा गर्नासाथ राजु गम्भिर बन्छन् र निकै बेर पछि बोल्न सुरु गर्छन् । उनको खास भन्नु केहि छैन, भन्नु छ त केवल स्मृतिका पानाहरु । समय वर्षो बितिसकेको छ । पाटीमा काटेको रात, साँझ बिहान प्लाष्टिक टिपेर गुजारा गरेको दिन, सडकमा आवत जावत गर्ने बटुवासँग केहि ‘सुकी’ माग्दै हिडेको उनकोे मानसपटलमा ताजा छ । जीवन अनौठो छ, यस्तो जीन्दगीको अद्भूत मोड सँगै राजुको सिंड्गो जीवनमा मोड आयो । जतिवेला राजुको बासस्थान सडकमा थियो, उतिवेला उनको ‘जक्सन’ ठमेल सञ्चयकोष आसपासमा हुन्थ्यो । सञ्चयकोषको सडकपेटी भएर दिड्ने बटुवा सँग राजु पैसा माग्ने काम गर्थे । त्यसैबेला एक क्यानेडियन महिला सँग उनको भेट हुन पुग्यो । मोनिका योङ नाम गरेकी उक्त महिला सँग राजुको यत्ती आस थियोकी केही सिक्का दियोस् । ‘तर ती विदेशी महिलाले सिक्का दिइनन् ।,’उनले भने, बरु उनले होटलमा लगेर बसाइन्, डुंग गनाएका उनलाई ती महिलाले नुवाईधुवाई गरेर सफाचट बनाइदिइन, अनि नयाँ लुगा लगाउन दिइन् । ‘म एकदम पढ्न चाहान्थे’, राजुले भने,‘होटल सञ्चालक डम्बर वरालको पहलमा तिनै क्यानेडियन महिलाले सूर्योदय बोर्डिङ स्कुल मैतिदेवीमा भर्ना गराइदिइन् ।’ प्लाष्टिकको टुक्रा खोज्ने राजुको हातमा बोरा थिएन । यतिवेला उनको हातमा प्लाष्टिकको साटो कलम र वौद्धिक किताब थियो । अरु सहपठीको तुलनामा उनी केहि ठुला भएपनि मेहनेति र जेहेन्दार थिए । शिक्षक शिक्षिकाहरुले पनि उनलाई माया गर्थे । विशेष गरी लक्ष्य बहादुर के।सि। सरले विशेष सहयोग गरे । पढ्न मात्र नभएर राजु विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि अब्वल हुदै गए । विद्यालयमा नै उनले संगित, नृत्यकला, मार्सलआर्ट, लगायतको ज्ञान हाँसिल गरे पढ्दै गर्दा एकपटक राजुलाई पढाईमा सहयोग गर्दै आएकी मोनिकाको सहयोग रोकियो । तर उनले तत्कालै स्वीस सहयषेग दता पास्कल बर्गरलाई भेताए । त्यो पनि लामो समय तिक्न सकेन । “कर्म राम्रो हुन लेखेको रहेन छ,” एकोहोरिदै राजुले भने । ‘पास्कलको कार दुर्घटनामा परि मृत्यु भएको खबर आयो ।’ त्यतिवेला राजु पढ्दै थिए । आर्थिक अभाव संगसंगै राजुको पढाई बिच बाटोमै रोकिन पुग्यो । विद्यालय छँदा राजुले किबोर्ड, मादल ड््रम, हार्मोनियम लगायत सिक्न भ्याइसकेका थिए । औपचारिक रुपमा अध्ययनलाई पूर्णविराम लगाउन परेपनि ‘म्युजिक’ को ज्ञानले धेरै काम दियो । तत्कालै उनले सेतो बंगला स्कुल कालोपुलमा संगित शिक्षकको रुपमा अवसर पाए । सेतो बंगलामा २ वर्ष बिताएपछि उनले फेरि आदर्शभूमि स्कुलमा संगित शिक्षककै रुपमा १ वर्ष बिताए । यसको अलवा राजु विभिन्न सांगितिक कार्यक्रममा समेत सरिक हुन थाले । सांगितिक माहोलको बिचको दौरानमा उनको अग्रज गीतकार तथा संगीतकार सँग हेल्मेल हुन थाल्यो, यसले उनमा संगित प्रति लगाव बढ्न थाल्यो । संगितसंगै राजुले शब्द सिर्जना पनि गर्न थाले । संगित शिक्षण र सांगीतिक अभियानमा लागेर उनको दैनिकी त चलेको थियो, यद्यपि उनी यसमा मात्र अल्झिरहेनन् । गीत, संगीतको साथसाथै राजुले ठमेल स्थीत एक रेष्टुरन्टमा वेटरको काम सुरु गरे । रेष्टुरेन्टमा काम गर्दा गर्दै राजुको एक विदेशी पर्यटक सँग भेट हुन्छ । राजुको इमान्दारी र दुःख देखेर विदेशीले उनलाई केहि आर्थिक सहयोग गरे । उक्त सहयोग बाट उनले थप राहतको महसुस गरे । उनले आफ्नो संघर्षमय जीवनमा धेरैतिर काम गरे । लामो समय राजुले कार्गो तथा टुर्स एण्ड ट्रभल्स क्षेत्रमा काम गरे । “कांडैकांडा विच फुल्ने फुल रहेछ जीवन” राजु भन्छन् । कांडालाई छिचोलेर कसरी अगाडी बढ्ने भन्ने मात्र मुख्य कुरा हो ।’ गीतकार÷सङगीतकार तथा व्यवसायी राजुलाई बितेका पुराना क्षण र मृतात्मा जस्तो लाग्ने यस सहरका स्मृतिहरु ‘अमुल्य खजाना’ जस्ता लाग्छन् यी दीनमा । जसले संघर्ष गर्न सिकायो र काँडा छिचोलेर फूल्न सिकायो । यत्रो हण्डर र ठक्करका यात्राका सारथी राजुले कसैलाईप्रेम गरेनन्? प्रेमको कुरा गर्ने बित्तिकै मलिन, हुदै राजुले भने,‘कसैलाई मन मुटुमा सजाएको थिएँ तर मुटु घाइते बनाएर गई ।’ राजुको अनुसार उनले ‘थापा मगर’ थरकी एउटी युवतीसँग प्रेम गरे । उनीहरु एक अर्कालाई औधि विस्वास र भरोसा गर्थे । राजु र युवतिले सँगै मर्ने सँगै बाच्ने कसम खाएका थिए । ‘जोडिएको मुटु निष्ठुरीले दुइ टुक्रा पारेर गई,’उनले भने,‘सायद उसले धोका दिनु पनि मेरो विगतकै कारण हो कि?’ राजुले अड्कल काट्न भ्याइहाले । प्रेम अवधिमा उनीहरु चोभार, दक्षिणकाली, गोदावरी, स्वयम्भू आदि ठाउँमा सगसँगै घुम्न गए । आपसमा प्रेमका झङ्कारहरु व्यक्त गरे । उनीहरु एकछिन पनि छुट्दैनथे । हरपल हरघडि एक साथ रहन्थे ‘खाली सिउँदोमा सिन्दुर भर्न मात्र बाँकी थियो ।’ राजु भन्छन्,‘सिन्दुर भर्ने बेलामा निष्ठूरीले छाडेर गई ।’ चोखो प्रेममा फाटो आउँदा हुने पिडालाई उनले नजिक बाट नियालेका छन् । आफूलाई भन्दा बढि माया गरेको प्रेमिकाले छाडेपछि राजु पागल जस्तै बने । ‘के गर्ने प्रेममा धोका पाए पछि यस्तै हुने रहेछ,’उनले भने,‘अबभने उनलाई विस्तारै विर्सने कोसिसमा छु ।’ ‘सायद प्रेमको औषधी प्रेम नै हुने रहेछ,’राजुले दार्शनिक कुरा गर्न भ्याइहाले । यसका रहस्य खोतल्दै भने,–‘निस्वार्थी प्रेमी पनि यस संसारमा हुने रहेछ, त्यस्तो विचलित अवस्थामा पनि कसैले साथ दियो । आफ्नो अहिलेको प्रेमिकाको राजुले खुव तारिफ गरे, ‘उनको आगमन सँगै पुराना कुरा विर्सदै गएको छु’ उनले भने,‘अब हामी छिटै विवाह बन्धनमा बाँदिदै छौँ, यसको लागि हामी दुवै अन्तिम तयारीमा छौ ।’ पछिल्लो समयमा राजुले ठमेलमा साथीभाईको साझेदारीमा व्यवसाय सञ्चालन गर्र्दै आएका छन् । साथसाथै गीत संगीत सिर्जनामा समेत उत्तिकै व्यस्त छन् । उनको संगीतमा शिव परियार, बुद्ध शाक्य, रजिना रिमाल लगायतका गायक गायिकाले स्वर दिइसकेका छन् भने उनका दर्जनौ गीतमा संगीत भरिएका छन् । एउटा साहारा बिहिन अनाथ बालक जसले यहाँ सम्म आइपुग्ने कल्पना समेत गरेको थिएन, आज त्यही बालक गीतकार÷संगीतकार तथा व्यवसायीको रुपमा स्थापित छ । केहि साता अघि ठमेलमा रहेको आफ्नै अफिस स्वप्निल टुर्स एण्ड ट्राभल्समा भेटिएका यिनले आफूले सिकेको जिवनको रहस्य खोतल्दै भनेका थिए,‘मेरो जीवनको अतित पनि सँगै छ र वर्तमान पनि, मात्र त्यसलाई सन्तुलनमा राख्ने हरदम कोसिसमा छु । ’प्रस्तुतिः राजकुमार सिग्देल

Advertisements

From → Uncategorized

Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: